२७ भदाै - ६० किलो सुन प्रकरणमा प्रहरीले बिध ल्यावका सञ्चालक भिमकान्त भण्डारीको मोबाइल फरेन्सिकमा पठाएको छ ।
सुन तस्करी प्रकरणमा संलग्न समूहसँग भण्डारीको संलग्नता रहेको देखिएपछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले भण्डारीको फोन परिक्षण गर्न फरेन्सिक ल्याबमा पठाएको हो ।
यसअघि पनि सिआइबीले भण्डारीसँग बयान लिएको थियो ।
भिमकान्त भण्डारीको ६० किलो सुन प्रकरणका मुख्य नाइके दावा छिरिङसँग कनेक्सन सिधाकुराले सप्रमाण देखिएको थियो ।