काठमाडाैँ : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा संसदीय समितिबाट अनुमोदित भएका ६ जना न्यायाधीशको नियुक्ति गरेका छन् ।
बुधबार एक विज्ञप्ती सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सर्वोच्चमा रिक्त रहेका ६ पदमा न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।
सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल नियुक्त भएका हुन्।
संसदीय सुनुवाइ समितिले बुधबार नै ६ जना न्यायाधीशको नाम सर्वसम्मतिले सर्वोच्चमा अनुमोदन गरेको थियो। न्याय परिषदको सिफारिस अनुसार नै सर्वोच्च अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्त भएको हो।