काठमाडौं । त्रिभुवन शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हामफालेका युवाको मृत्यु भएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षका स्वरुपराज आचार्यले सेन्टरको छैटौं तलामा रहेको एस क्याफेको छतबाट हामफालेका थिए ।
हामफालेपछि घाइते भएको उनको मनमोहन कार्डियो सेन्टरमा नै उपचार सूरु गरिएपनि दिउँसो ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी एस क्याफेमा कफी पिएर बसेको र केहीबेरमा हामफालेका थिए । साथै अस्पतालमा उनको कोहि बिरामी पनि नरहेको र उनी आफै पनि उपचारका लागि आएको नपाइएको प्रहरीले जनाएको छ ।