काठमाडाै । बजारमा खुल्ला रुपमा बिक्री हुने कटन क्याण्डीमा मानव स्वास्थ्यमा गंभिर असर पर्ने रङ मिसाइने गरेको पुष्टी भएको छ । खाद्य व्यवस्था तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला परिक्षणमा उक्त वस्तुहरुमा मानव स्वास्थ्यमा गंभिर असर पर्ने रोडामाइन बी नामक अखाद्य रङ्ग प्रयोग भएको पाइएको विभागले जनाएको छ ।
यस्ता वस्तुहरुको प्रयोग स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै विभागले उपभोग नगर्न उपभोक्तालाई आग्रह गरेको छ । अखाद्य रङ्गको प्रयोाग गरी यस्ता वस्तु उत्पादन, बिक्री र वितरण नगाउन पनि विभागले उत्पाकहरुलाई आग्रह् गरेको छ ।