राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका तीन उम्मेदवार विजयी भएका छन्। विजयी हुनेमा नेपाली कांग्रेसका बलदेव बोहरा, अपांग तथा अल्पसंख्यकमा कांग्रेसकै नारायणदत्त भट्ट र महिलातर्फ माओवादी केन्द्रकी रेणु चन्द रहेका छन् ।
सुदूरपश्चिममा सत्तारुढ गठबन्धनमा दुई सीटमा कांग्रेस र एकमा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो।
महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मत ल्याउँदै निर्वाचित भएकी हुन् भने अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतसहित जित हात पारेका हुन् ।