काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै छन् ।
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमती भएसँगै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन एमालेले फिर्ता लिएको थियो ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।
डेढ वर्षमै पाँचौँपटक विश्वासको मत लिँदै प्रचण्ड
२७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डसँग माओवादीका ३२, रास्वपा २१ र एकीकृत समाजवादी १० गरी ६३ सांसदको मात्रै मत रहेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउनका लागि १३८ मत चाहिन्छ, । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ ।
प्रधानमन्त्रीले विश्वासको मत विश्वासको मत नपाएपछि उनी पदमुक्त हुने छन् र नयाँ सरकार गठनका लागि कांग्रेस, एमाले लगायत दलले आजै राष्ट्रपति समक्ष दाबी पेश गर्ने तयारी गरेका छन् ।