राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले माघ २२ गते दुवै सदनको बैठक बोलाएका हुन्।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम माघ २२ गते सोमबारका दिन ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति पौडेललाई सिफारिस गरेको थियो। संसद अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।