बारा । बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोलि लागेर एक जनाको मृत्यु भएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयलाई लियर विवाद हुँदै आएकोमा आज विवादले उग्र रुप लिदा झडपको स्थिति सिर्जना भएको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा सिम्रौनगढ–१ नसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको बारा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । उनको टाउकोमा गोली लागेको थियो । उनका अनुसार बिनको नारायणी अस्पतालमा मृत्यु भएको हो ।
नगरपालिकामा भएको विवाद नियन्त्रण गर्न प्रहरीले दर्जनौं हवाइफायर तथा अश्रुग्याँस प्रहार गरेको स्थानीयबासीले जनाएका छन् ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा विपक्षीले हाजिर गर्न नदिएपछि विवाद हुँदै आएको थियो ।