काठमाडौँ । अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उक्त विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । त्यसअघि विधेयकमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिदै मन्त्री तामाङले राज्यलाई थप कुनै आर्थिक भार नपर्ने गरि पुराना अभिलेखहरुको संरक्षण एवं नयाँ प्रविधिबाट डिजिटलाइजेशन गरिने बताए । उनले तीनै तहको सरकारमा सरकारको सार्वजनिक रेकर्ड व्यवस्थापनलाई एकरुपता कायम गरि समयानुकल बनाउनका लागि पनि विधेयक ल्याएको उल्लेख गरे ।
प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ ।