काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ र कोइलामा कर वृद्धि गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बेजेट वक्तव्य मार्फत अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।
उनकाअनुसार बजेटमा कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पेट्रोलियम पदार्थ र कोइला पैठारीमा हरित कर लगाइएको छ ।