काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ तिपेनीमा सुख्खा पहिरो खस्दा तटीय क्षेत्र जोखिममा परेको छ । पहिरोले इन्द्रावती नदी थुनिएका तटीय क्षेत्र जोखिममा परेको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपनल्चोकले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै सुरक्षित सतर्क रहन भनेको हो ।
‘पाँचपोखरी थाङपाल गाउँपालिका ७, ८, मेलम्ची नगरपालिका ७, ९, ११, १२, १३, इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बस्ने स्थानीय वासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ’, प्रशासनले जारी गरेको सूचनामा भनिएको छ । उक्त पहिरोका कारण पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा छ ।
स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।