हङकङ सरकारले करिब १८ वर्षपछि नेपाली ट्यालेन्टहरुका लागि लागि भिसा खुलाएको छ । अब नेपालबाट इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदारले हङकङको भिसाा पाउने छन् । साथै विद्यार्थी र बढीमा एक वर्षे तालिमका लागि पनि भिसाा खोलेको छ । तर घरेलु कामदार र अन्य कामदारका लागि भने यो लागु हुने छैन ।
चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट)हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका थिए । प्रमुख कार्यकारी जोन लीको नीति सम्बोधनले नेपाल सहित भियतनाम र लाओसका ट्यालेन्टहरुलाई फाइद पुग्नेछ ।
जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा भनेका छन्, ‘हामी नेपाल र लाओसका प्रतिभाहरूलाई रोजगारी, तालिम र विश्वविद्यालय अनुदान कोषबाट सञ्चालित संस्थानहरूमा अध्ययनका लागि भिसा नीति खुकुलो बनाउने छौँ।’
हङकङमा सन् २००५ देखि नेपालीहरुका लागि घरेलु कामदार लगायतका भिसाा बन्द गरिएको थियो । त्यसपछि हङकङमा रोजगारका लागि नेपालीको प्रवेश बन्द भएको थियो । त्यसयता भ्रमण भिसाामा समेत नेपालीलार्य कडाइ हुँदै आएको थियो ।