भक्तपुर । भक्तपुरमा आज परम्परागत गाईजात्रा मनाइएको छ । भक्तपुर दरबारस्क्वायरस्थित तलेजुबाट लठी जुधाएर खेलिने घिन्ताङगिसी नाचको प्रदर्शन सुरु भएसँगै जात्रा सुरु भएको हो। गाईजात्राको दिन आज विशेष उल्लासका साथ भक्तपुरमा गाईजात्रा मनाइन्छ । देशभरमै आकर्षक मानिने यहाँको गाईजात्रा हेर्न काठमाडौँ उपत्यका र उपत्यका आसपासका हजारौँमा जात्रालु आउने गर्दछन्।
प्रत्येक वर्ष जनैपूर्णिमाको साँझ तलेजुबाट घिन्ताङगिसी नाचको प्रदर्शन सुरु भएसँगै जात्रा सुरु हुने परम्परा रहिआएको छ। यस दिन साँझ तलेजुबाट निकालिने गाईजात्राको घिन्ताङगिसी नाचसहित नगर परिक्रमा गराइन्छ।