हिरो मोटोकर्पले चौधरी समूह अन्तरगतको सिजी मोटर्सलाई हिरो मोटोकर्पको आधिकारिक बिक्रेता चयन गरेको छ । हिरो माटोकर्पले एक विज्ञप्ति जारी गर्दै नेपालका लागि चौधरी ग्रुपको सिजी मोटर्सलाई नेपालका लागि आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरिएको जनाएको हो ।
यस अघि ज्याती समूह अन्तरगतको नेपाल जनरल मार्केटिङ (नजीएम) नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता रहेको थियो । गत वर्षदेखि उक्त सहकार्य टुटेको थियो । सन् १९८६ देखि ज्योती ग्रुप अन्तरगतको स्याकार कम्पनी हिरो होण्डाको आधिकारिक बिक्रेता थियो । सन् २०१४ मा होण्डा र हिरो अलग भएसँगै ज्योती समुहमा पनि विभाजन भई होण्डा स्याकार ट्रेडिङसँग र हिरो एनजीएमममा गएको थियो ।
गत फागुनमा हिरो मोटोकर्पले औपचारिक रुपमा नै एनजीएमसँगको सहकार्य समाप्त भएको घोषणा गरेको थियो । अपेक्षित रुपमा बजार बिस्तार गर्न नसकेको, हिरोका उत्पादनको नेपालमा बिक्री बितरणमा कमी आएको जस्ता कारण देखाउँदै हिरो मोटोकर्पले बिक्रेताबाट एनजीएमलाई हटाउन खाजेको थियो । हिरो मोटोकर्प र सीजी मोटर्सले नेपालमा हिरोका उत्पादनहरू एसेम्बल गर्नको लागि अत्याधुनिक ग्रीनफिल्ड सुविधा स्थापना गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।