सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्। बिहीबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।
२८ जना सांसद उपस्थित रहेको बैठकमा सोडारीको पक्षमा २८ मत नै खसेको छ भने विपक्ष र तटस्थमा शून्य मत परेको सभामुख भीम भण्डारीले जानकारी दिए ।
सोडारीलाई माओवादीका १०, एमालेका ११, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।
सोडारीले नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए ।