काठमाडौँ । सरकारले प्रतिकुल मौसमका कारण हेलिकप्टरबाट प्रभावकारी उद्धार गर्न नसकिएको जनाएको छ। शनिबार साँझ पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो जानकारी दिएको हो ।
मन्त्रालयले दुईदिने यताको बढी र पहिरोमा परी ६६ जनाको मृत्यु भएको पनि जनाएको छ। मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढी पहिरोमा परी ६६ जना बेपत्ता भएका छन् । यस्तै विपत्ति परी ६३ जना घाइते भएको उनले जानकारी दिए ।