काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज १ बजेदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दैछ ।
पार्टीको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा बाणिज्य विभाग, उत्पादन प्रवद्र्धन विभाग, कृषि विभाग र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा रास्वपाले ‘अबको राजनीति आर्थिक समृद्धिका लागि’ भन्दै पार्टी कार्यालय बनस्थलीबाट अभियान सुरु गर्न लागेको निमित्त महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बुर्लाकोटीका अनुसार अभियानका क्रममा कार्यालयमा ३० थरीका स्वदेशी उत्पादनको स्टल राखिने छ । जहाँ महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रका उत्पान देखि नेपालमा बनेका सामाग्रि, जुत्ता, कपडा, हस्तकलाका उत्पादन सम्म प्रदर्शनीमा राखिने छन् ।