काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले पराजित गरेको हो । जितका लागि २३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ दशमलव १ ओभर खेल्दा १ सय ७० रनमा समेटियो । कणालीका लागि अर्जुन घर्तिले अधशतकिय पारी खेल्दै ५८ रन बनाए । मधेशका राजेश यादवले तीन विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३१ रन जोड्यो । मधेशका लागि कप्तान हरिशंकर शाह र मयन यादवले समान ५०–५० रन बनाए । कर्णालीका दीपेन्द्र रावतले ४ विकेट लिए । ५ खेलमा ३ जित निकालेको मधेश प्रदेश तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको कर्णाली प्रदेश ४ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ ।