काठमाडौँ । गृह मन्त्रालयको सचिवका रुपमा एक नारायण अर्यालयको सरुवा भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिवमा अर्याललाई पठाउने निर्णय गरेको हो । अर्यालय यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए ।
गृह प्रशासनमा लामो अनुभव भएका अर्याल कार्यसम्पादनमा काबिल प्रशासककारुपमा चिनिन्छन् । अर्याले काठमाडौँको महानगरको प्रमुख प्रशासकीय देखि काठमाडौँको प्रमुख जिल्ला अधिकारीकारुपमा समेत काम गरिसकेका छन् ।