जनकपुरधाम । भंगहा– जनकपुर – जयनगर रेल्वेको लिकमा परेर जनकनन्दनी गाउँपालिका ३ महुवाका ३५ बर्षिय श्रीराम दासका दुबै खुट्टा काटिएका छन् ।
शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिक छेउबाट हिडिरहेका दास रेलले हर्न दिएपछि अलमलिएर रेलकै लिकमा परेका थिए ।
यस क्षेत्रमा रेलको लिक छेउबाट हिड्ने बाटो छ । दासलाई अहिले उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।