ललितपुर । कपडा धोएर सुकाउन जाने क्रममा इनारमा खसेकी महिलाको उद्धारका लागि नेपाली सेना र शसस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको छ ।
सोमबार बिहान ललितपुरको इमाडोलमा लुगा धोएर सुकाउन जाने क्रममा इनारको स्ल्याब भाँचिएर २८ वर्षीया न्युटन प्रधान इनारमा खसेकी हुन् । उनको उद्धारका लागि नेपाल प्रहरीको विपद् उद्धार टोली परिचालन गरिएपनि जनशक्ति अभाव भएपछि सेना र शसस्त्र प्रहरी समेत परिचालन गरिएको हो ।
अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीसहितको संयुक्त टोलीले उनलाई इनारबाट उद्धार गर्ने प्रयास गरिरहेको छ।