काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको नगरसभा बैठक रोकिएको छ । मेयर बालेन्द्र शाह(बालेन)का अनुसार नेकपा एमालेले र कांग्रेसका नेताहरुले आफ्ना नेताहरुको नाममा करोडौँ बजेटका कार्यक्रम राख्न गरेको प्रस्ताव अस्विकार गर्दा नगरसभा बैठकनै रोकिएको हो ।
शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै एमाले कांग्रेसका नेताहरुले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम राख्न भनेको तर आफूले चार सहिदहरुको नाममा गर्न आग्रह गर्दा नेताहरु बैठक रोकर हिडेको उल्लेख गरेका छन् । उनले लेखेका छन्,'एमाले काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो,‘मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ।’
उनले बीपी र मदनले चार सहिदहरूको भन्दा धेरै योगदान दिएकाे हुनसक्ने पनि बताएका छन्। बालेनले थप लेखेका छन् ‘सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला,’ । ‘त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो।’