२७ भदाै - केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको बताएको छ । उनीहरुले ७ वटा कम्पनी खोलेको भएपनि ६ वटा कम्पनीमार्फत नेपालमा सुन भित्र्याएको सीआईबीको दाबी छ ।
सीआईबीका अनुसार छुङ्गाक इलेक्ट्रिक सप्लायर्स, भुजेल इलेक्ट्रिक सप्लायर्स, ह्वाडा इलेक्ट्रिक सप्लायर्स, पवाटी इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स, रेडी ट्रेड र सरिता सप्लायर्स कम्पनी खडा भएको पाइएको हो ।
यी कम्पनीका मालिकमा क्रमशः लेखनाथ कार्की डोली, रामकुमार भुजेल, कुमार बहादुर भुजेल, रामबहादुर भुजेल, विकुन्द्र भुजेल, दिलीप भुजेल र सरिता तामाङ रहेका छन् ।
उक्त गिरोहले सुरु सुरुमा थोरै मात्रामा सामान ल्याउने र त्यसको सफलतालाई हेरेर बाँकी सामान ल्याउने गरेको प्रहरी बताउँछ ।