राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ सत्ता गठबन्धनले हार व्योहोरेको छ । बिहिबार भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी कोइरालाले गठबन्धनकी उम्मेदवार चम्पा कार्कीलाई हराएकी हुन् ।
एमालेकी रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी हुन् ।
स्थानीय तहका सत्तागठबन्धनका १७ जनप्रतिनिधि र प्रदेशका तीन सांसदले फ्लोर क्रस गर्दा सत्ता गठबन्धनकी उम्मदवारले हार व्योहोरेकी हुन् । उनी ९४ मत अन्तरले पराजित भएकी हुन् ।