नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले अदालतमा धरौटी बुझाएसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगिएको छ भने अख्तियारमा पनि उपस्थित गराइने भएको छ ।
धरौटी बुझाएर अदालतबाट छुटेका खाँणलाई प्रहरीले विभाग र अख्तियारमा बुझाइने भएको हो । विभाग र अख्तियारले बयानपछि खाडलाई धरौटीमा छाडे मात्र खाँण प्रहरी नियन्त्रण बाहिर हुनेछन् ।
खाँणले शुक्रबार काठमाडौं जिल्ला अदालत पुगेर ३० लाख धरौटी बुझाएका हुन् । बिहिबार खाँणलाई उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
शुक्रबार बिहानैदेखि रिहाइको प्रकियामा रहेका खाँणलाई प्रहरीले प्रक्रियालाई लागि घुमाइरहँदा उता केन्द्रीय कारागार सुनधारा अगाडि भने खाँणको स्वागतका लागि कार्यकर्ताहरू जम्मा भइसकेका छन् ।