काठमाडाैँ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व आज मनाइदैछ। प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको हुन्छ ।
आजको दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । आज ललितपुरको कुम्भेश्वरमा विशेष मेला लाग्ने गर्दछ । बिहानैदेखि मन्दिरमा पुगेर स्नान गरी जनै तथा राखी बाँध्न भक्तजनको घुइँचो लागेको छ ।