सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ ।
मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका छन् ।
मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका मधेश संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए ।