पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रस्टाचारको फाइल खोल्ने र एउटा पान्नामा आफ्नो मान्छेको नाम देख्नेबित्तिकै बन्द गरिहाल्ने प्रवृत्ति देखाउन नहुने बताएका छन् । उनले भने, ‘मेलै गल्ती गरेको भेटिएमा आयोग गठन गर्नु पर्दैन । प्रमाण जुटाउने समाएर लैजाने । पछि मात्रै ए यो रहेछ भने हुन्छ ।’
त्यस्तै उनले प्रदेश संरचना राज्य कोषको दोहन गर्ने माध्यम मात्र बनेको बताएका छन् । उनले प्रदेश संरचना बेढंगको भएको भन्दै यसलाई खारेज गर्न ढिला गर्नु नहुने बताएका हुन् । ‘बेढंगको प्रदेश संरचना नेता पाल्ने, कार्यकर्ता पाल्ने, राज्य कोषको दोहन गर्ने एउटा माध्यम बनेको छ । यसको विकल्प तुरुन्त सोच्नुपर्छ कि यसलाई सच्याउनुपर्छ ।’ लामिछानेले भने ।
आज पोखराको जिरो किलोमिटरमा प्रदेश कार्यालउ उद्घाटन गर्दै सभापति लामिछानेले आफ्नो पार्टीलाई कसैले चन्दा दिन नपर्ने पनि बताए । उनले थपे, ‘रास्वपाबाट चन्दा लिन आएछ भने भन्नुस्, ७२ घन्टा होइन ४० घन्टामा कारबाही गर्छु ।’