काठमाडाैँ । नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको हो । २०८० वैशाखमा विकल पौडेल र असोज १५ मा पौडेल बिरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको थियो ।
भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएपछि पनि उनीहरुले सार्वजनिक सम्पत्तिको दुरुपयोग र हिनामिना गरेको आशंकामा छानबिनमा तानिएका उनीहरुलाई अख्तियारको टोलीले बुधबार निवासबाटै नियन्त्रणमा लिएको हो । अख्तियारले उनीहरुकाे निवासबाट केही काजगातपनि बरामद गरेकाे छ ।
नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक सुनील पौडेल लगायतका व्यक्तिविरुद्ध २०८० असोज १५ मा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालत र २०८० वैशाखमा विकल पौडेललगायतका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैँया मागदाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पक्राउ परेका दुवैजनालाई भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतमा उपस्थित गराउने तयारी अख्तियारले गरेको छ।