काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्षमा रेशमलाल चौधरीले मान्यता नपाउने भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पाैडेलका अनुसार राजनीतिक दल सम्बन्धी ऐनले नागरिक उन्मुक्ती पार्टीकाे अध्यक्षका रुपमा चौधरीको नाममा अध्यावधिक गर्न नमिल्ने भएकाे हाे ।
कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई आफैलाई अध्यक्ष घोषणा गरेका थिए ।
साथै अन्य पदाधिकारी समेत चयन गरेका थिए । यस अघि चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष थिइन् भने चौधरी संरक्षकका रुपमा थिए ।
टीकापुर महाधिवेशनपछि कार्यसमितिको नाम अध्यावधिकका लागि नागरिक उन्मुक्ति पार्टीले आयोगमा निवेदन दिएको थियो ।