काठमाडौँ । संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल भएको छ । यद्यपी बैठकले कुनै निर्णय भने लिएको छैन । वैठकमा प्रधानन्यायाधीस सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीसहरुको नाममाथि छलफल भएको थियो ।
पहिलो नम्बरमा रहेका न्यायाधीश प्रकाशमान सिंहको नाममाथि छलफल बढी केन्द्रीत बनेको उपसभामुख इन्दिरा रानाले बताइन् । ‘उहाँको नाममा लगभग सहमति छ । तर, आजै हतारमा निर्णय नगरौं भन्ने सल्लाह भयो । दुई दिनपछि फेरि बैठक बसेर निर्णय हुन्छ’, उनले भनिन् ।