बालेनले उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठलाई उपहार भन्दै फाेहोर र धुलो किन पठाए ?

सिधाकुरा

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत साता माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी मूख्यलयमा फोहोर फाल्न ट्रक पठाए ।

माओवादीको कार्यालयमा लगिएको फोहोर बोकेका ४ वटा ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लियो । रास्वपाको कार्यालयमा लगिँदै गर्दा फोहोरको ट्रक प्रहरीले नियन्त्रणमा लियो ।

गर्मीको मौसममा काठमाडौँको फोहोर फाल्न पुराना पार्टीले अवरोध गरेको भन्दै आक्रोशित भएका मेयर शाहले त्यसको एक साता नबित्दै शनिबार पुनः केन्द्रीय सरकारको उपप्रधान एवम् भौतिक पुर्वाधारमन्त्री रघुबीर महासेठलाई उपहार भन्दै फोहोर र धुलो उपहार पठाएका छन् । 

चक्रपथ विस्तारको दोस्रो खण्डको काम समयमै सुरु नभएको भन्दै आक्रोशित भएका उनले सडक विभाग बबरमहल र सडक डिभिजन काठमाडौँको गेटमा नगर प्रहरी पठाएर धुलो र फोहोर खन्याएका छन् । 

महानगरको प्रहरीले फोहोर र धुलो खन्याउँदै गरेको भिडियो राखेर उनले सामाजिक सञ्जालमा अब मन्त्रीलाई पायक पर्ने ठाउँमा फोहोर र धुलो उपहार पठाउँदै जाने पनि बताएका छन् । 

कलंकीदेखि महाराजगंज खण्डको चक्रपथ विस्तारको काम समयमै सुरु नहुँदा जनताले धुलो र धुवाँको सास्ती भोग्नु परेको र त्यसको समाधानका लागि केन्द्र सरकारले पहल नगरेको मेयर शाहले पोखेको आक्रोशमा खुल्छ । 

‘माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु, तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ,’ बालेनले भनेको छन् ‘जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।’

बालेन शाहले सो सडकको धुलो जनताले मात्र खाँदा राम्रो नदेखिने भन्दै यो परियोजनाको काम अघि नबढाएसम्म हरेक दिन मन्त्रीलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने भन्दै यसलाई माया सम्झेर स्वीकार्न अनुरोध गरेका छन् । 

के हो विवाद ?

चक्रपथ सुधारको दोस्रो फेज (कलङ्की–महाराजगन्ज) परियोजनाका लागि सन् २०१२ डिसेम्बर १८ मा नेपाल र चीन बीच समझदारी भएको थियो । चीन सरकारकातर्फबाट निर्माण कम्पनी सांघाइ कन्स्ट्रक्सन बीच ५ अर्ब ८५ करोड ५ लाख ३८ हजार ७७७ रुपैयाँ अनुदान सहयोगमा उक्त सडक निर्माण गर्न समझदारी भएको थियो ।

जसअनुसार नेपाल सरकारले १ महिनाभित्र साइट क्लियर गर्ने, निर्माण पक्षले त्यसको २ महिना भित्र निर्माणका लागि सबै पूर्व तयारीको काम सिद्ध्याउने र तेस्रो महिनाबाट काम थाल्ने उल्लेख र ४० महिना अर्थात ३ वर्ष ४ महिनाभित्र आयोजनालाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । 

तर,सम्झौता भएको १२ वर्ष बितिसक्दा काम थालनी नभएको र काम थालनी हुनेसम्मको पनि सङ्केत समेत नदेखिएको भन्दै महानगरका मेयर बालेन शाह आक्रोशित भएका हुन् । 

कानुनी राज्यको उपहास गरियाे

सडक डिभिजन काठमाडौंको कार्यालयको गेटमा काठमाडौं महानगरपालिकाले कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरि फोहोर फालिदिएको घटनालाई लिएर सडक डिभिजन काठमाडौंले एक विज्ञप्ति प्रकाशित गर्दै गम्भिर आपत्ति भएका जनाएको छ । साथै महानगरले कानुनी राज्यको उपहास गरेको ठम्याई भएको उल्लेख गरेको छ ।

उक्त घटनाले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सो विज्ञप्तिमा भनिएको छ – ‘काठमाडौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याँई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ ।’

उक्त विज्ञप्तिमा उल्लेख भए अनुसार गत शुक्रबार काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह तथा सो डिभिजनका डिभिजन प्रमुख नारायणदत्त भण्डारीबीच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएर सकारात्मक सहमति भएको भए पनि महानगरपालिकाले फोहर फालिदिएको प्रति सडक डिभिजन कार्यालयको आपत्ति रहेको डिभिजन कार्यालयका सूचना अधिकारी  प्रमोद खतिवडाको हस्ताक्षरमा जारी उक्त विज्ञप्तिमा भनिएको छ । 

महानगरपालिकाले कानुनी राज्यको उपहास गरेको ठम्याई भएको भन्दै उक्त विज्ञप्तिमा अगाडि भनिएको छ-‘यसअघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमति दिइएको समेत जानकारी गराइन्छ । शनिबार करिब १२ बजे न्युरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमति सडक काटी सडकको ‘स्ट्यान्डर्ड’ चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजन सँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ ।

पहल गरिरहेकाे मन्त्रालयकाे दाबी 

चक्रथपको धुलो र हिलोयुक्त सडकका कारण महानगरको भित्री सहर समेत फोहोरमय भएको र महानगरबासीले दुःख पाएको मेयर शाहको आरोप छ । मेयर शाहको आक्रोसपछि परियोजनाको प्रगतिबारे सिधाकुराले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पर्क गरेको थियो । मन्त्रालयका प्रवक्ता उमेश बिन्दु श्रेष्ठकाअनुसार परियोजनाको काम अघि नबढ्नुमा सरकार र मन्त्रालय दोषी छैन । चीन सरकारको अनुदानको परियोजना भएको र परियोजनाको डिजाइनको काम अझै चिनियाँ पक्षले नसकेका कारण काम अघि बढ्न नसकेको हो ।

चीनयाँ पक्षले साइट क्लीयर गरेर सहयोग गर्ने भनेपछि आफूहरुले साइट क्लेयरिङ गरेको तर सडकमा भएको धुलो र फोहोर आफूहरुले नगरेको भन्दै श्रेष्ठले आफूहरुले गाली खानु अनुचित भएको बताए । खानेपानी, बिजुली, ढल लगायतका अन्य निकायले थुपारेको सडकको धुलो र फोहोरको गाली भौतिक मन्त्रालयले खाएको भन्दै उनले आपत्ति जनाए । 

‘आयोजनाको डिजाइन चिनियाँ पक्षले छिट्टै टुंगोमा पुर्याउने बुझिएको छ,’ प्रवक्ता श्रेष्ठले भने,‘त्यसपछि ठेक्का लाग्छ । अनि बल्ल निर्माणको काम अघि बढ्ने हो ।’ 

उनका अनुसार तत्कालै आयोजनाको काम सुरु हुन्छ भनेर भन्न सकिने अवस्था छैन । सो सडकका कारण भएको धुलो र फोहोर व्यवस्थापनका लागि आपसी सहकार्य गरे अन्तर सरकारी निकाय र स्थानीय तहहरुबीच समझदारी गरेर काम गर्नुको विकल्प नभएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा....

  • ‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SIDHAKURA ||
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • Private video
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....
  • जो*खिमपूर्ण हवाई यात्राः असुरक्षासँगै मुलुककै ब*दनामी|| SIDHAKURA || THE REPORTER ||
  • अण्डामा ठगी : एउटा अण्डाको मूल्य २४ रुपैयाँ ! || SIDHAKURA ||
  • कसरी ख_ स्यो हेलिकप्टर ? || गोठाला गएका स्थानीयले जे देखे...|| SIDHAKURA....
  • पहिलो पटक घटनास्थल पुग्दा जे देखियो...|| DYNASTY HELICOPTER || GROUND ZERO ||
  • चौधरी समूहले स्वीकार्यो वाइवाइको गुणस्तरमा भएको कमजोरी || || SIDHAKURA ||
  • सार्वजनिक बसमा सवार रविलाई यात्रुको प्रश्न, ‘यो स्टण्ट किन् ?’ || SIDHAKURA....
  • रिंकी जैसवाल प्रकरणः घरमा पुग्दा माइती पक्षले जे देखे || Rinki Jaiswal....
  • कुलेश्वरमा बाढी : खाने, बस्ने सबै बगायो, पसल डुबानमा || SIDHAKURA ||
  • स्थलगत रिपोर्टिङ : काठमाडौँमै मध्यरातमा जब घरभित्र बाढी पस्यो... || SIDHAKURA ||
  • डीआईजी मनोज केसीसँग डराएको सत्ता || THE DIG FEAR ||
  • नेपालमा उड्ने ७० जहाज, कुन कति पुराना ? || AGE STUDIES OF....

Current Affairs

सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री....

  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||
  • काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक LIVE
  • गाउँमा लााास उठाउने कोही भएनन्अनि मनमायाले काँध थापिन् || SIDHAKURA ||
  • २०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौँः रवि लामिछाने ||....
  • BIG SCAM श्री केश तेल EXPOSE: झुटाे लालच देखाएर लाखाैँ उपभाेक्ताबाट कराेडाैँ....
  • बालेनले गरे नगर प्रहरीको प्रशंसा || SIDHAKURA ||
  • तीनसय वर्ष पुरानो हनुमान नाच.... || SIDHAKURA ||
  • एमाले र माओवादीबीच संसदमा हङ्गगामा || SIDHAKURA ||
  • टुँडिखेलमा नेताको विरोध गर्दा पक्राउ परेको युवालाई तत्काल रिहा गरः रास्वपा सांसद....
  • प्रतिनिधिसभा बैठक LIVE
  • टुँडिखेल घटना जनता जागेको ठुलो घण्टी होः रवि लामिछाने || Rabi Lamichhane....
  • मुकुल ढकाल साधारण सदस्यसमेत नरहने गरी रास्वापाबाट निष्कासित || SIDHAKURA ||
  • टुँडिखेलमा देखिएको नेताप्रतिको जनआक्रोस || SIDHAKURA ||
  • नेताहरुविरुद्ध नारावाजी भएपछि प्रधानमन्त्री ओलीले भने, ‘नयाँ पुस्ताले शिष्टता बिर्सियो’
  • देउवाले मञ्चबाटै सर्वसाधारणलाई भने–‘लाज नभएका बदमासहरु’ || Sher Bahadur Deuwa angry with....
  • ‘अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन’–प्रधानमन्त्री ओली || SIDHAKURA ||
  • डेडिकेडेड र ट्रंकलाईनबारे छलफलका क्रममा लेखा समितिमा चर्काचर्की, कसले के भने ?....
  • डेडिकेडेड र ट्रंकलाईन विवाद: ९ वर्षदेखि पैसो नउठाउलेलाई कारबाही गर्नुपर्छ– गोकुल बास्काेटा....
  • नयाँले जथाभावी बोल्छन् भन्ने आरोपछि लेखा समितिमा कड्किए हरि ढकाल || SIDHAKURA....