काठमाडौँ । काठमाडौँको बानेश्वर र शंखमुल जोडिने मुख्य सडक खण्डमा भ्वाङ परेको छ। आइतबार अपरान्ह सो सडक खण्डको आइकालु मोड नजिकै सडकमा खाल्टो परेको महानगर प्रहरी बलले जनाएको छ ।
कालोपत्रे गरिएको मुल सडकमै प्वाल परेपछि महानगर प्रहरीहरू डोजरसहित घटनास्थल पुगेका छन् । महानगर प्रहरीले खाडलको कारण पहिल्याएर अहिले खाल्डो पुरेका छन् । केही समय अघि काठमाडौँकै कमलादी, सोह्रखुट्टै लगायत स्थानका सडकहरू भासिएका थिए ।