काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार सम्बन्धी मुद्दा आज पनि हेदोहेर्दैमा राखिएको छ । सन्दीपविरुद्धको मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाई हुँदै आएको छ ।
यसअघि आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । त्यससँगै २ दिन निरन्तर सार्वजनिक बिदा परेकाले उक्त सुनुवाइले बुधबार निरन्तरता पाएको हो । र बुधबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । भोलि फेरि सोही इजलासमा सुनुवाईले निरन्तरता पाउने छ ।
सन्दीपविरुद्ध एक किशोरीलाई बलात्कार गरेको अभियोग छ। ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोपसहित २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।