काठमाडौं– सरकारले आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु गर्दै छ । कोशी प्रदेशबाट सुरुवात हुने मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्दै छन् । आज कोशी प्रदेशको विराटनगरस्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा पहिलो मेलाको उद्घाट हुँदै छ । विराटनगरमा दुई दिनसम्म चल्ने मेलामा रोजगारीका अवसर, समस्या र समाधान सहितका विभिन्न स्टल तथा बहस कार्यक्रमहरु समेत रहेको श्रम मन्त्रालयले जनाएको छ ।
आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित मेलामा रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने मन्त्रालयले जनाएको छ ।
मेलामा श्रम मन्त्रालय तथा मातहतका सेवा प्रदायक विभागहरुकाा जानकारी मुुलक स्टल, रोजगारदाता निजी कम्पनीहरुका दुई दर्जन स्टल समेत रहेका छन् । मेलामा रोजगारी खोज्नेहरुले आफ्नो क्षमता र आवश्यकता अनुसारका कामका लागि आवेदन समेत दिन सक्ने छन् ।
मेलाबारे श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ । कोशी प्रदेशबाट सुरु भएको मेला हरेक प्रदेशमा दुुई दिन सञ्चालन हुने छ भने जेठ ३० गते बागमती प्रदेशमा आएर सकिने छ। कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रमाधान रोजगार मेलाका बारेमा विस्तृत जानकारी सहितकाे वेबसाइट समेत रहेकाे छ । ‘श्रमाधान रोजगार मेला’