काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय नविन्द्र अर्याल र डा. देउती गुरुङ प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।
उनीहरुलाई प्रहरी नायब उपरीक्षक (डीआईजी) का २ विशेष दरबन्दी थप गरेर बढुवा गरिएको हो । उनीहरुको कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने छन् ।
अर्याल नेपाल प्रहरीको साइबर व्युरो प्राविधिक सहायता शाखा काठमाडौंमा र डा. गुरुङ केनाइन कार्यालय महाराजगञ्जमा कार्यरत छन् ।