‘एक पैसाे कैलेलाई ? चैतेदसैँलाई...’

सिधाकुरा

बागलुङ । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका छन् । ती विभिन्न कालखण्डमा फरकफरक परिवेश र भावमा प्रकट भएका छन् । चाहे त्यो विसं २०५२ मा तिलकबम मल्लले गाएको ‘चैतेदसैँ बागलुङे मेलैमा ज्यादै माया बस्यो है ख्यालख्यालैमा...’ होस् वा पचासको दसकको आखिरीतिर बिमलराज क्षेत्री र शर्मिला गुरुङले गाएको ‘चैतेदसैँ मेलैमा झर्छ आँशु छ्ट्ने बेलैमा...’ होस् ।

त्यसयता सार्वजनिक अधिकांश गीतले पनि यहाँको चेतैदसैँ मेला र कालिका भगवती मन्दिरको महिमागानमा अनेक विषय र शैलीलाई पछ्याएका छन् । तर यही चैतेदसैँ मेलालाई जोडेर पाकापुरानाले गाउने एउटा गीत ‘एक पैसा कहिलेलाई बागलुङ्को चैतेदसैँलाई, त्यही पनि माग्दछन् दिन्न कसैलाई’ भन्ने लोकगीतको रचनाकाल र सर्जकबारे भने कहीँ उल्लेख छैन । 

भलै यो गीतमा प्रयुक्त तुक्काले बागलुङमा लाग्ने चैतेदसैँ मेलाको युगिन परम्परा र सांस्कृतिक पक्षलाई उजागर गरेको ठान्छन् इतिहासका अद्येता काजी गाउँले श्रेष्ठ । ७२ वर्षीय उनले आफू केटाकेटी छँदै यो गीत सुनेको बताए। 

“उहिलेउहिले चैतेदसैँ आउँदा रमाइलो मानेर बच्चाहरुले पनि यो गीत गाउथेँ”, उनले भने, “गीतकै रुपमा प्रचलित नभएपनि पुरानो कथन वा लोकोक्तिका रुपमा अहिले पनि गाउँठाउँमा यो सुनिने गर्छ ।” झ्याउरे शैलीको गीतले उबेलाको ग्रामीण जनजीवनसँग चैतेदसैँ मेलाको सम्बन्धलाई उठान गरेको श्रेष्ठले बताए। सो गीतले त्योबेलाको समाज, परिवेश, मानिसका आवश्यकता र आर्थिक हैसियतसँग सम्बन्ध राख्ने उनको भनाइ छ । 

विसं १५९१ मा बागलुङ नगरपालिका–१ मा कालिका भगवती मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा सुरुआत भएको उनको भनाइ छ । “यहाँको चैतेदसैँ मेलासँग लामो इतिहास र परम्परा जोडिएको छ”, श्रेष्ठले भने, “मध्यकालमा पर्वत राज्य हुँदाका बखतदेखि नै बागलुङमा चैतेदसैँ मेला सुरु भएको मानिन्छ ।” 

उनले  ‘एक पैसा कहिलेलाई...’ भन्ने गीत पनि सोही बेलादेखि गाइएको हुनसक्ने अनुमान गरे । पर्वत राज्य नेपाल राज्यमा गाभिएपछि म्याग्दीको बेनीबाट बागलुङ सरेको टक्सारमा धातुका पैसा छापिन्थ्यो । 

“त्यो बेलामा एक पैसाको पनि ठूलो महत्व थियो, चैतेदसैँ मेलामा किनमेल गर्न जान पैसाको जोहो गर्नुपथ्र्यो”, श्रेष्ठले भने, “गाउँबाट किसानहरु स्थानीय उत्पादन लिएर मेलामा बेच्न आउँथे, भारतीय व्यापारी पनि आउने गर्थे ।” चैतेदसैँ मेला भर्न आउनेले वर्षदिनलाई चाहिने खानेकुरासहित घरायसी सामान किनेर लैजाने प्रचलन त केही बर्ष अघिसम्म नै थियो ।   

दशकौँअघि हालको बागलुङ बजार बसेको ठाउँमा ठूलो फाँट थियो । छेउछाउमा केही घरगोठ थिए । अहिले बागलुङ नगरपालिका–३ मा पर्ने किनाराटोलदेखि लालीगुराँसचोकसम्म चैतेदसैँ मेला लाग्थ्यो । खेतमा मान्द्रा र चित्राले बारबुर पारेका टहरामा बसेर व्यापारीले सामान बेच्ने गरेको स्थानीयवासी भरत खड्काले बताए । “भारतदेखि लुगाफाटा, मसला, मिश्री, नरिबललगायतका सामान बेच्न व्यापारी चैतेदसैँ मेलामा आउथे”, उनले भने, “स्वतःस्फूर्त रुपमा लाग्ने मेला दुई हप्तासम्म चल्थ्यो, मानिसहरुको घुइँचो लाग्थ्यो ।”

उनका अनुसार माटो, धातु र काठका भाँडाकुँडा बेच्न छुट्टाछुट्टै बिक्रीकक्ष हुन्थे । मेलामा गाउँगाउँबाट झर्ने युवायुवती सात दिन सातरातसम्म दोहारी (झ्यारे) गाएर बस्ने गर्थे । कतिपयको मैलामै भएको चीनजानका आधारमा बिहेवारीसमेत हुन्थ्यो । 

“डम्फु, मादल बजाउँदै झ्याउरे गाउने चलन थियो, ‘एक पैसा कहिलेलाई चैते दसैँलाई, त्यही पनि माग्दछन् दिन्न कसैलाई...’ भन्ने गीतको टुक्का पनि त्यहीबेलादेखि बढी गाउन थालिएको हो”, खड्काले भने, “पछि यो जनजिब्रोमा प्रचलित हुँदै आयो, त्यसपछि चतैँदसैँ र कालिका भगवती मन्दिरलाई जोडेर थुप्रै गीत लेखिए, गाइए ।”

कालिका भगवती गुठी व्यवस्थापन समितिका सल्लाहकार खड्काले विसं १५९१ म कालिका भगवती मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा बसेको बताए । “अहिलेको किनाराटोलदेखि र लालीगुराँसचोकसम्मको क्षेत्रमा भव्य मेला लाग्थ्यो, टाढाटाढाबाट मानिसहरु मेला भर्न आउँथे”, खड्काले भने, “हुम्ला, जुम्लादेखि भारतसम्मका व्यापारी मेलामा सामान बेच्न आउँथे ।”

काठका ठेकाठेकी, चोयाँबाट बन्ने डालाडाली, नाङ्ला, मान्द्रा, घरेलु हातहतियारलगायतका सामग्री बेच्न गाउँगाउँका व्यापारी मेलामा झर्ने गरेको उनले सुनाए। यातायातको सुविधासँगै बस्ती विस्तार हुन थालेपछि परम्परागत रुपमा बागलुङ बजार क्षेत्रमा लाग्दै आएको चैतेदसैँ मेला कालिका भगवती मन्दिर परिसरमा सर्‍यो । पहिले चैत्राष्टमी पर्वका दिनमा मात्र मन्दिर क्षेत्रमा उक्त मेला लाग्थ्यो । 

खड्काका अनुसार तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजो स्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरि पूजापाठ सुरु गरिएको किम्बदन्दी छ । 

“पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ”, खड्काले भने, “पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको किम्वदन्ती छ, तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पूजिन्छ ।” कालिका भगवती मन्दिर र चैतेदसैँ मेला एकार्कामा अभिन्न रहेको उनले भने ।

सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप पाएको खड्काको भनाइ छ । “बागलुङ कालिका भगवतीसँग ठूलो आस्था र महिमा जोडिएको छ”, उनले भने, “यहाँ महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा हुन्छ, कालिका देवीको पूजाअर्चना गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।” बर्सेनि बडादसैँ र चेतेदसैँमा मन्दिरमा विशेष मेला लाग्छ । 

खड्काले कालिका भगवतीको महिमा र महत्व बढ्दै गएपनि मन्दिरसँग जोडिएको चैतेदसैँ मेलाले भने आफ्नो मौलिकता गुमाउँदै गएको धारणा राखे। “पहिलेपहिले जस्तो चैतेदसैँ मेलाको रौनकता त छैन, तैपनि गुठी समितिले परम्परा धान्न केही प्रयास गरेको देखिन्छ”, उनले भने, “इतिहास बोकेको मेला भएकाले यसको जगेर्ना गर्नु आवश्यक छ, नयाँ पुस्तालाई पनि संस्कृतिको महत्व बुझाउनुपर्छ ।”

अहिले पनि चैत्राष्टमी मेला पारेर ग्रामीण भेगबाट ठेकाठेकी, डालाडाली, नाङ्ला आदि सामग्री बेच्न व्यापारी बागलुङ बजार आउने गर्छन् । उनीहरुले मालसामान बेचेर वर्षभरिलाई घरखर्च जुटाउँछन् । बडिगाड गाउँपालिका–४ जलजलाका शशिराम विकले विगत ३५ वर्षदेखि निरन्तर चैतेदसैँ मेलामा डालाडाली र नाङ्ला बेच्न आइरहेको सुनाए । 

“कुनै वर्ष राम्रै व्यापार हुन्छ, कहिले ठिकठिकै हुन्छ”, उनले भने, “पाँच÷सात दिनसम्म बजारमै बसेर सबै सामान बिक्री भएपछि बल्ल घर फर्कन्छौँ ।” गाउँका व्यापारीले लेकाली भेगमा पाइने निगालाको चोयाँबाट बन्ने स्थानीय उत्पादनलाई मेलामा बिक्री गर्दै आएका छन् । कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले चैतेदसैँको नवरात्रभर लाखौँ भक्तजनले मन्दिर तथा मेलाको अवलोकन गर्ने बताए । 

“देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन, अहिले पर्यटकीय याम पनि चलिरहेकाले कालिका भगवतीमा धार्मिक पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ”, उनले भने, “कालिका भगवती मन्दिर नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठका रुपमा चिनिन्छ ।” यसपालि पनि चैतेदसैँ (चैत्राष्टमी पर्व)को अवसर पारेर मन्दिर परिसरमा मेला आयोजना गरिएको छ । 

गत चैत ३० गतेदेखि सुरु भएको मेला आउँदो बिहीबारसम्म चल्ने अध्यक्ष खड्काले जानकारी दिए । मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवद्र्धनका विविध गतिविधि समेटिएको उनको भनाइ छ । मेलास्थलमा स्थानीय उत्पादनको बिक्रीकक्षदेखि रमाइलो मेलासम्म राखिएको छ । परम्परागत रुपमा चल्दै आएका लोकदोहोरी, भलिबल, छेलोलगायतका प्रतियोगिताले मेलामा आकर्षण थपेका छन् । “चैतेदसैँ मेला बागलुङको पहिचानसँग जोडिएको छ, यो मेलाको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको उत्तिकै दायित्व छ”, अध्यक्ष खड्काले भने ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....

  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....

Current Affairs

मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे....

  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....