काठमाडौँ । सिधाकुरा मिडिया नेटवर्कको बजार निर्देशकमा लक्ष्मी पौडेल नियुक्त भएकी छिन् । मंगलबार बसेको सिधाकुरा मिडिया नेटवर्क प्रा लिको सञ्चालक समिति बैठकले पाैडेललाई सो जिम्मेवारी सुम्पिएको हो ।
सिधाकुराको कार्यालयमा बुधबार पौडेललाई स्वागत गर्दै नेटवर्कका अध्यक्ष युवराज कंडेलले सिधाकुराको श्रीवृद्धिमा उहाँको उल्लेख्य योगदान हुने विश्वास व्यक्त गरे । सिधाकुरामा आफ्नो कार्यभार सम्हाल्दै नवनियुक्त बजार निर्देशक पौडेलले युवा र जुझारु पत्रकारहरुसँग जोडिएर काम गर्न पाउँदा खुसी लागेको बताइन् ।
आफ्नो अनुभवलाई सिधाकुराको श्रीवृद्धिमा प्रयोग गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाई छ। पौडेलसँग विज्ञापन बजार क्षेत्रमा काम गरेको १५ वर्ष लामो अनुभव छ। नेपालको अग्रणी सञ्चार माध्यममा काम गरेको लामो अनुभव भएकी पौडेल यसअघि प्राइम टाइम टेलिभिजनसँग आवद्ध थिइन् ।