काठमाडाैँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको छ । पौडेलविरुद्ध राजस्व अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका हो ।
पौडेलले नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशमा बैंक खाता खोलेर कारोबार गरेको आरोपमा विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो । उनीविरुद्ध ७७ लाख ४५ हजार ९ सय बिगो कायम गरी मुद्दा दायर भएको छ । पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐनको व्यवस्था विपरीतको कसूर गरेको विभागको ठहर छ ।
त्यस्तै विभागले सो रकमको तेब्बर रुपैँया जरीवाना मागदाबी गरेको छ ।
पौडेल यसअघि नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पौडेललाई विशेष अदालतले भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरेको थियो ।