काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक बिपिन जोशीको बारेमा चासो राखेको छन् । उनले जोशीका सकुशल फिर्ताको कामना गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा गुटरेसले भने ‘गाजामा रहेका सबै बन्धकको तत्काल रिहाईका लागि जोड दिन्छु ।’
गुटरेसले हमासको आक्रमणमा मृत्यु भएका १० लाई नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले गाजाको अवस्था निराशाजनक रहेको बताए ।