काठमाडाैँ । द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । ९१ वर्षीया उनको उपचारका क्रममा बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
निमोनियाबाट पीडित रहेकी उनी २ महिनायता उपचाररत थिइन्। उनको शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय उनले सन् १९६४ बाट भवन निर्माण गर्न थालेपनि सन् १९७७ मा द्वारिकाज होटल दर्ता गरेकी थिइन्।