काठमाडाैँ । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे तनहुँ मा भएको बस दुर्घटनामा घाइते भएकाहरुको अवस्थाबारे जानकारी लिन टिचिङ अस्पताल पुगेकी छिन् । दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा काठमाडौँ आएकी खडसे विमानस्थलबाट सिधै अस्पताल पुगेकी हुन् ।
भारतीय राज्यमन्त्रीसँगै नेपाल सरकारका गृहमन्त्री रमेश लेखक पनि अस्पताल पुगेका छन् ।
बिहिबार पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ । सो दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो ।
घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ यात्रा गरिरहेका थिए ।
यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ । शव परीक्षणपछि भारत पठाइने बताइएको छ ।