काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापा बादलका छोरा प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।
पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष समेत रहेका रामबहादुर थापा बादलका छोरा प्रतीक थापा काठमाडौँ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएपछि उनी फरार थिए तर सीआईबीको टोलीले उनलाई असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो ।
थापाले पीडितबाट रकम लिएको प्रहरी अनुसन्धानमा देखिएको छ ।