‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा आइरन रोजेँ’

काठमाडौँ । टिकटकमा एउटा सुगर ड्याडी नाम गरेको अकाउण्ट छ । ति अकाउण्ट चलाउने व्यक्ति सधैँ आफूलाई बुढो देखाउने एउटा नकाब लगाएर हिड्छन् । नाइट क्लवदेखि घरको बाथरुमसम्म पैसा उँडाएको भिडियो पोस्ट गर्छन् । युवतिहरुसँगको अर्धनग्न भिडियोहरु समेत पोस्ट गर्छन् । एक पीडितका अनुसार यी नकावधारी काठमाडौँको बुढानिलकण्ठका ३३ वर्षका आशिष देउला हुन् । यो नकावभित्र लुकेका देउला  यति क्रुर र निर्दयी छन् की जो कोहीलाई त्रसित बनाउँछ । 

देउलाले अरुलाई पाशविक पीडा दिएर त्यो मोमेन्टलाई इन्जोय गर्ने गरेको पीडित युवाहरुले बताएका छन् । उनले ढलानमा ड्रिल गर्ने मेसिन मान्छेको शरीरमा चलाउँथे, स्नुकर खेल्ने पाइप मलद्वारमा घुसाइदिन्थे, नाङ्गो शरीरमा रातो पारेर तताइएको आइरन डामीदिन्थे । उनले गरेको अपराधबारे सिधाकुराले यसअघि नै समाचार प्रकाशन गरिसकेको छ ।

नाइट क्लब छिरेका युवाहरुलाई बन्धक बनाएर पाशविक यातना



देउलाको पाशविक यातनाको शिकार बनेका पीडितहरुमध्येका एक कुलबहादुर (नाम परिवर्तन) ले देउला र उनको अपराधकर्मबारे विस्तृतमा कुरा गरेका छन् । उनले आशिष देउलासँगको आफ्नो भेट, देउलाले आफूमाथि गरेको अपराध, उनले अन्य व्यक्तिहरुमाथि गरेको शारीरिक अत्याचारबारे खुलाएका छ । यस्तो छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ।


भदौ ७ गते मलाई मेरो साथीले मलाई पैसा लिन आइज भन्यो । म सानेपा पुगेँ । मलाई अली अगाडि जाम भनेको थियो साथीले, म जानै मानेको थिइनँ । उसले मेरो मामा उता हुनुहुन्छ, मामाले तलाई पैसा दिन्छ भन्यो । साथीलाई विश्वास गरेर हुन्छ नी त भनेर म गएँ । त्यो बेला एक÷दुई जना केटाहरु राखेको थियो । मलाई पहिल्यै शंका लागेको थियो । म उनीहरु भएको ठाउँका नगई बाटो क्रस गरेर जाँदा मलाई पछाडिबाट आएर सिभिलको प्रहरी भन्दै समातेर गाडीमा राख्यो । त्यसपछि मलाई उसको कोही आफन्तको घर लिएर गयो । रुममा लग्यो, झ्याल ढोका बन्द गरेर आइरन ततायो । मेरो लुगा च्यातचुत पारिदियो । 

म रुममा यताउता भागेँ, यताउता गरेँ । उसले मलाई समात्न नसकेर साथीहरु लगाएर समात्यो । मेरो हातखुट्टा समातेर भुईँमा लडायो । त्यो समयमा उसले मलाई विकल्प पनि दिएको थियो । उसले ड्रिल मेसिन निकाल्यो, मेसिन चलायो । उसले ड्रिल मेसिन हानम कि आइरनले पोलम् भनेर सोध्यो । मैले पोल्दा चाहीँ मरिन्न होला सोचर आइरन रोजेँ । मलाई उसले पटक पटक आइरनले नाङ्गो ढाडमा डाम्यो । 


उसले त्यो समयमा मलाई खानपर्ने औषधि दे, मैले औषधि खाएन भने यसलाई मार्दिन्छु भन्दै औषधि मागेको थियो । के औषधि हो चाहीँ मलाई थाहा छैन । त्यसको साथीहरुले औषधि ल्याएर दियो । धेरै थियो औषधि पनि । एकैचोटी ५/६ ओटै घ्पाप्प खायो । त्यसपछि मलाई आइरन डाम्न थाल्यो ।  

मैले उसलाई १/२ पटक क्लवमा भेटेको हो, ठमेलको सेटेन क्लवमा । त्यो भन्दा बाहेक बाहिर मैले एक पटक पनि भेटेको छैन । उ चाहीँ रेगुलर त्यो क्लवमा आउँदो रहेछ । हामी कहिलेकाहीँ जाँदा त्यहीँ भेटेको हो । त्यो बेला भाइ भन्ने, रक्सी खुवाउने, तलाई के खान मन छ भनेर सोध्ने, पैसाको धाक दिने, कति पेसा चाहियो भन्ने गर्थ्यो । अनी हामीभन्दा पहिले ने क्लवबाट निस्कन्थ्यो । अनी बाटोबाट समाएर अन्य साथीहरुलाई घरमा लैजाने गर्थ्यो । मलाई चाहीँ त्यसरी समाउन पाएको थिएन । 


मलाई खास अरुको कुरामा बिचमा तानिएको हो । मैले उसलाई नचिन्दा पनि चिनेकै जसरी बोल्न आउँथ्यो । साथीसँग पहिलेदेखि नै चिनजान रहेछ । मैले दाइ भनेर कुरा गर्थेँ । उसको नियत के हो मलाई थाहा थिएन । तर रुममा लिएर जाने, टर्चर दिने, आइरनले पोल्ने, ड्रिल मेसिन हान्दिने, सियो हातमा छिराईदिने । जे होस् धेरै जनालाई त्यस्तो गरेको रैछ मलाई मात्र होइन । के कारणले मलाई थाहा छैन । मलाई चाहीँ आइरनले पोल्ने, सियो औँलामा छेड्ने गर्यो । मलाई भाइहरुले भनेअनुसार उसले मलाई पहिल्यैदेखि खोजिरहेको थियो । तर मलाई समाउन चाहीँ सकेको थिएन । पछि मेरै साथीले पैसा लिन आइज भनेर समातेर लिएर गयो । 

मलाई यातना दिदा उ हाँसेर बस्थ्यो । यसलाई समा म यसलाई अझै पोल्छु भनेर साथीहरुलाई अराउँथ्यो । उसले रमाईलोको रुपमा लिएको थियो । अरु साथीहरु पनि हेरेर हाँसेर बसेका थिए । मेरो आफ्नै साथीले पनि मलाई हेरेर हाँस्यो । मैले त्यो समयमा केही गर्न पनि सकेको थिइन्, बोल्न नि सकेको थिइनँ । 

उसले मलाई त्यो समयमा प्रहरीमा गयो भने मेरो परिवारलाई मार्दिने धम्की पनि दिएको थियो । त्यही कराणले मैले केश हालेको थिइनँ । 

मलाई फसाउन चाहीँ साथीले नै फसाएको हो । तर पैसाकै लागि यस्तो गरेको जस्तो चाहीँ लाग्दैन । मलाई उसले रमाइलोको लागि पोलेको जस्तो लाग्छ । उ मलाई पोलेर मजा लिइरहेको थियो । हाँसिरहेको थियो । पैसाकै लागि हो जस्तो लाग्दैन । 

उसले मेरो एक जना चिनजानको भाइलाई लगेको रहेछ । उसलाई नी नाङ्गो पारेर पोल्ने, सियो गोप्ने गरेको रहेछ । त्यो भाइको खुट्टामा पोलेको छ । त्यो भाई १८/१९ वर्षको हो । उसले मलाई यसरी पोल्यो भनेर सुनाएको थियो । 

त्यो मान्छेले यस्तो गर्छ भन्ने पहिला केही थिएन । मलाई त्यसो गरेपछि साथीहरुसँग कुरा गर्दा भाइले मलाई सुनाएको हो । 

उ सधैँ बुढो मान्छेजस्तो देखिने मास्क लगाउँथ्यो । हामीलाई क्लवमा क्याप, मास्क लगाएर पस्न दिइदैन । तर उ सधैँ बुढो मान्छे देखिने मास्क लगाएर अनुहार छोपेर क्लवमा छिर्थ्यो । उसलाई कुनै रोकतोक हुन्नथ्यो । उ बाटोमा पनि मास्क लगाएरै हिँड्थ्यो । पालेर राखेको केटाहरु लिएर हिड्थ्यो । आफू बाहिर पनि कमै निस्कन्थ्यो । गाडीमै बस्थ्यो । निस्केको बेला मास्क लगाएरै निस्किन्थ्यो । 


परिवारमा उसको आमा छ, श्रीमती छ, भाई छ अनी दुई छोरा छन् । अहिलेको घरमा चाहीँ उ एक्लै बस्छ । पालेको केटाहरु राखेको छ । परिवार छुट्टै बस्छन् । घरचाहीँ बुढानिलकण्ठमा छ । उसको नाम चाहीँ आशिष देउला हो । बाँकी उसको बारेमा थाहा छैन । 

मैले ४/५ जनालाई त्यस्तो गरेको थाहा पाएको छु । मलाई भन्दा बेसी टर्चर देको भाईहरु पनि छ । ड्रिल मेसिन नै हान्देको छ । नछलेको भए त छिर्ने नै । उनीहरुले पनि भनेको थियो मलाई । स्नुकरको लौरो पछाडिबाट छिराईदिने अनी त्यसपछि सन्चो हाल्दिने । केटाहरुको संवेदनशिल भागमा पेन्चिसले च्याप्दिने । आँखामा सन्चो दल्दिने । त्यस्तो त्यस्तो गरेको छ ।

यो घटनाबारे मैले कसैलाई भन्न सकिन । मलाई धम्की दिएको थियो । तेरो परिवारलाई मारिदिन्छु भनेर धम्की दिएको थियो । त्यसैले कसैलाई भन्न सकिन । उसले मलाई पोलिदिएपछि करिब डेढ हप्ता घरमै बसिन । दिउँसो घर पुग्थेँ । अमालाई भेट्थे । खाना खान्थे अनि निस्कन्थेँ । ज्याकेट लगाएर घाउ छोपेर घर जान्थेँ । धेरै बेर नबसी काम छ भनेर निस्कन्थेँ । अहिले चाहीँ मैले सबैलाई भनेको छु । दाइहरुको साथ पाएपछि हिम्मत आएको छ । अनी प्रहरीको मा जाने हिम्मत आयो । 

उसले यस्तो गरेको हरेक मान्छेको भिडियो छ उ सँग । मलाई उसले एउटा भाइको आँखा निकालिदिएको भिडियो देखाएको थियो । पुरै आँखा नै बाहिर निकालिदिएको छ । त्यो भाइको आँखा नै छैन । उसले केस गरेको रहेछ । अनी तिनीहरुले उसलाई समातेर आँखा निकालेको रहेछ । मलाई उसैले भिडियो देखाएको भएर यति कुरा थाहा भएको हो । त्यो भिडियोमा देखेको भाइलाई चाहीँ मैले चिनेको छैन । 

उसले मलाई मसला, गोलभेडा पिस्ने ग्रयान्डर मेसिनमा एउटा केटीको हात घुसाईदिएको भिडियो पनि देखाएको थियो । त्यो भिडियोमा केटी मान्छेको अनुहार देखिएको थिएन । हात मेसिनमा छिराएको, घाउको, केटी मान्छे चिच्याएको देखिएको थियो । 

मलाई आइरनले पोल्दा धेरै चिच्याएको थिएँ । तर त्यो ठाउँमा तर कोही मान्छे आएनन् । त्यो घरमा डेरामा केही केटा मान्छेहरु बस्छन् । झ्याल, ढोका, पर्दा लगाएर मलाई त्यस्तो गरेको थियो । तर कोही आएनन् । 

मलाई उसले दिएको पीडा मैले मुखले भन्नै सक्दिन । मलाई जस्तो यातना दियो त्यसलाई पनि त्यस्तै सजाय हुनुपर्छ । उसलाई अहिले समाइसकेको छ । उसलाई उमेर कैदको सजाय होस् भन्ने चाहन्छु । त्यो कहिल्यै बाहिर आउन नपाओस् । मैले जस्तो अरुले भोग्न नपरोस् । 

नाइट क्लब छिरेका युवाहरुलाई बन्धक बनाएर पाशविक यातना


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....