जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर सोमबार अपरान्ह गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका अधिकांंश सडकखण्ड अवरुद्ध भएका छन् ।
अपराह्न ४ बजेर ३१ मिनेटमा रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ५.८ रेक्टर स्केलको भूकम्पले जाजरकोट रिम्ना–खलंगा सडकखण्डसमेत अवरुद्ध भएको छ ।
त्यस्तै भूकम्पले धजा फाटेको सडकखण्डमा लगातार पहिरो जाँदा राहत लिएर पुगेको सवारी तथा अभियन्तासमेत अलपत्र परेका छन् ।
पहिरोले बाटो अवरुद्ध हुँदा रिम्ना–खलंगा सडकखण्डमा कर्णालीका पर्यटन मन्त्री र सामाजिक विकास मन्त्री बाटोमै रोकिएका छन् ।
यसअघि शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परि हालसम्म जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ ।