प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर

युवराज कँडेल , विष्णु ढुंगाना

ललितपुर । ललितपुरको भैंसेपाटीबाट बुङ्मती हुँदै अघि लाग्दा ढुंगा गिट्टी बोकेका टिपरको जाममा परिन्छ । तिनै टिपरलाई पछ्याउँदै फर्सीडोल, डुकुछाप, महादेव खोला हुँदै अघि बढ्दा सामाखेल पुगिन्छ । गोदावरी नगरपालिका वडा नं. ७ स्थित देवीचौर बाबियो गाउँको फेदमा पर्छ सामाखेल । वारी ललितपुर र पारी काठमाडौँ, बिचमा बागमती साँघुरिएर बगेको छ । काठमाडौँपट्टि फास्ट ट्रयाकको ६ लेन सडकको ट्रयाक खोलिएको छ ।

तर, ललितपुरतर्फ भने एक दशकअघि बनेको बाटोको समेत अहिले नामोनिसान छैन । बाटो, कुलोदेखि जंगल तहसनहस पार्न २४ घण्टा टोजर र टिपर चलिरहेका छन् । बाबियो गाउँ नै जोखिममा पार्ने गरी मरुभुमी बनाउन लागिएको सामाखेलमा अहिले ३ वटा ढुंगा खानी सञ्चालनमा छन् । खानीबाट भएको उत्खननलाई क्रसिङ गर्न ६ वटा क्रसर खोलिएको छ । ति सबै अवैध र अनुमति नलिएका छन् । 


करिब एक सय रोपनी निजी जग्गामा खानी सञ्चालन अनुमति लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ निकट दाबी गर्ने एक व्यवसायीले ६४० रोपनी सरकारी जग्गामा दोहन मच्चाएका छन् । तिनै खानी सञ्चालकले बेचेको अवैध ढुंगा गिट्टी त्रिभुव अन्तराष्ट्रिय विमानस्थल निमार्णमा प्रयोग भैरहेको छ । 

सडकको ट्रयाक खोल्ने बहानामा वन सखाप 

२०७१ सालमा पहिलो पटक केदारनाथ तिमिल्सीनाले यस क्षेत्रमा रहेको १०५ रोपनी निजी जग्गामा ढुंगा खानी उत्खनन गर्ने भन्दै मच्छिन्द्रनाथ मल्टिप्रपोज प्राली दर्ता गराएका थिए । खानीसम्म मोटरबाटो पुर्याउन भने उनले गोदावरी नगरपालिकाकै बजेटमा सुपर ट्रयाकका नाममा सामुदायिक वनमा बाटो खोले । मच्छिन्द्र सामुदायिक वन र गिद्धेभिर सामुदायिक वन हुँदै बगुवा जोड्ने सुपर ट्रयाक भन्दै खनिएपनि उनको खानी नजिक पुगेपछि सडक निमार्ण रोकियो । त्यसपछि सुरु भयो सार्वजनिक जमिनको दोहन ।


९ वर्षमा मच्छिन्द्रनाथ मल्टिप्रपोज प्रालीले करिब ३ वटा क्रसर सञ्चालनमा ल्याएको छ । मच्छिन्द्रनाथ मल्टिप्रपोजका सञ्चालक केदार तिमिल्सिनाका अनुसार अहिले मच्छिन्द्र कंक्रिटका नाममा ५ प्रतिशत शेयर रहेको छ भने सजिलो रोडा ढुंगा उद्योगका नाममा ५० प्रतिशत शेयर रहेको छ । यस्तै, एडभान्स क्वालीटी क्रसरको २० प्रतिशत, तिमिल्सिना कन्स्ट्रक्सनको नाममा २५ प्रतिशत शेयर भागबण्डा गरिएको छ । 

मच्छिन्द्र कंक्रिट तिमिल्सिनाकै हो भने सजिलो रोडा ढुंगाका सञ्चालक शशी शाही हुन् । एडभान्स क्वालीटिका सञ्चालक मधुसुदन डोटेल र तिमिल्सिना कन्स्ट्रक्सनका सञ्चालक पञ्चराम महर्जन हुन् । महर्जन निमार्ण व्यवसायी संघ ललितपुरका अध्यक्ष समेत हुन् । 

यस्तै यही ठाउँमा सजमाला घर्ती मगरका नाममा सजमाला ढुंगा खानी सञ्चालनमा छ । यसले पनि महर्जन निर्माण सेवाका नाममा भएको जग्गा सहित कित्ता नं. ११ को सार्वजनिक जमिन उत्खनन् गरिरहेको छ ।

प्रचण्डलाई घर 

तिमिल्सिना गोदावारी ७ का स्थायी बासिन्दा भएपनि उनको खुमलटारमा पनि घर छ । खुमलटारस्थित कान्ती नगरटोलमा रहेको ४ तले सेतो घरमा प्रचण्डका सुरक्षाकर्मी र निजी सचिवालय सदस्यहरुका लागि भाडा लिइएको छ । घरमा प्रचण्डको सुरक्षामा खटिने सुरक्षाकर्मी तथा निजी सचिवालयका अन्य सदस्यहरु समेत बस्ने गरेको मच्छिन्द्र मल्टीप्रपोज खानी तथा क्रसरका सञ्चालक समेत रहेको घरबेटी केदारनाथ तिमिल्सिना नै स्वीकार गर्छन् । 

केदारनाथ तिमिल्सिना

प्रधानमन्त्री ‘प्रचण्ड’ निकट रहेको दाबी गर्ने उनले सो घरबाट मासिक ८० देखि ८५ हजार रुपैयाँ भाडा लिने गरेको बताउँछन् । तर, जानकरहरु उनले सो घर सित्तैमा दिएर सोको बदलामा वनको अवैध उत्खननका लागि अनुमति लिएको दाबी गर्छन् । त्यसो त उनलाई भाडा सम्झौता गर्नुभएको छ ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘त्यहाँ प्रहरी बस्छन् किन सम्झौता गर्नुपर्यो ?’ प्रचण्डको निजी निवासमा समेत खाद्यान्न पुर्याउने तिमिल्सिनाले त्यसैको रवाफ देखाएर सार्वजनिक जमिन उत्खनन गरिरहेको ललितपुरका खानी पीडितहरुको आरोप छ ।  

जनप्रतिनिधि नै सार्वजनिक सम्पत्ति दोहनमा 

सामाखेलको ५ सय मिटर दुरीमै अहिले ३ वटा खानी खुलेका छन् भने ६ वटा क्रसर सञ्चालनमा छन् । मच्छिन्द्रनाथ मल्टिप्रपोजसँग मात्रै ४ वटा क्रसर आवद्ध छने भने निवर्तमान वडा अध्यक्षले समेत अहिले खानी र क्रसर सञ्चालनमा ल्याएका छन् । गोदावरी ७ का पूर्व वडा अध्यक्ष गिरीप्रसाद तिमिल्सिनाले अहिले बढिमालिका खानी उद्योग चलाएका छन् भने मालिका कन्स्ट्रक्सनका नामबाट क्रसर चलाएका छन् ।

गोदावरी ७ का पूर्व वडा अध्यक्ष गिरीप्रसाद तिमिल्सिना

अझ रोचक कुरा त के छ भने यसअघि सामाखेलमा खानी तथा क्रसरले सार्वजनिक जग्गा उत्खनन् गरेकाले कारबाही गरीपाउँ भन्दै यिनै पुर्व वडा अध्यक्ष गिरीले पटक पटक नगरपालिकामा पत्र लेखेका थिए । तर, आफू वडा अध्यक्ष भएकै समयमा छोराछोरी र आफन्तका नाममा जग्गा खरिद गरेका वडा अध्यक्षले अहिले खानी चलाइरहेका छन् ।

जबकी उनले खानीको लाइसेन्स लिएको २ वर्षसम्म अध्ययन गर्ने समय भएकाले उत्खनन गर्न नपाइने व्यवस्था भए पनि ढुंगा गिट्टी उत्खनन् र विक्रीले अहिले उनलाई भ्याइ नभ्याई छ । 

अवैध खानी र क्रसरले ६४० रोपनी सार्वजनिक जमिन खने 

सामाखेलमा बाहुबली रोडा ढुंगा उद्योग पनि सञ्चालमा छ । सुदर्शन विष्ट र अञ्जु पौडेल सञ्चालक रहेको यो उद्योगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बनिरहेको ट्याक्सी वेका लागि ढुंगा गिट्टी आपूर्ति  गरिरहेको छ । स्रोतका अनुसार विमानस्थल निमार्णको ठेक्का पाएको कम्पनी अञ्जु पौडेलकै परिवारको हो । बाहुबली रोडा ढुंगा उद्योगको आफ्नै खानी भने छैन । तर, उसले स्थानीय अर्जुनप्रसाद दुलालको जग्गामा उत्खननका लागि भाडामा लिएको छ । दुलालको जमिन क्वायर एरियामा भने पर्दैन । क्वाएर एरियामा नपर्ने जमिनमा उत्खन्न गर्न पाइदैन । उक्त जमिन समेत खनेर सकेको बाहुबली अहिले कित्ता न ११ को सार्वजनिक जमिन उत्खननमा संलग्न छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....