आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको ओमानविरुद्धको फाइनल खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झाले अर्धशतक बनाएका छन् ।
उनले २० ओभरमा अर्धशतक बनाएका हुन् । टी–२० विश्वकप छनोट खेलको फाइनलका लागि कीर्तिपुरमा जारी खेलमा उनले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै अर्धशतक गरेका हुन्।
आइतबार भएको खेलमा अर्धशतक प्रहार गरेसँगै आफ्नो टि–२० आई करिअरको गुल्सनको यो पहिलो अर्धशतक हो ।
कार्तिक १९, २०८० ०४:५९ मा प्रकाशित