उपप्रधानमन्त्री एव गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे पेकिङ युनियन मेडिकल कलेज अस्पताल, बेइजिङले मेडिकल सर्टिफिकेट जारी गरेको छ ।
अस्पतालका अनुसार श्रेष्ठलाई एक्युट मायोकार्डियल इन्फाक्र्सन भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखा मा अवरोध देखिएको अस्पतालले जनाएको छ ।
उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण स्टेनोसिसु देखिएको र त्यसलाई कम गर्न तुरुन्तै स्टेन्ट राखिएको समेत अस्पतालले जनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठलाई चिकित्सकहरूको निरन्तर निगरानी गर्न मेडिकल आइसियुमा राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवंम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो ।