काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको योग्यता सम्बन्धी विवादबारे सर्वोच्चमा दायर मुद्दाको सुनवाई आजका लागि स्थगित भएको छ ।
अधिवक्ता दीपकराज जोशीसहितले दायर गरेको मुद्दाको पेशी आइतबारका लागि तोकिएको थियो । तर, आज सो पेशी स्थगनमा परेको सर्वोच्च अदालतले जनाएको छ । पुस १२ गते दायर रिटमा १३ पुसमा सर्वोच्च अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयसँग जवाफ माग गरेर पूर्ण सुनुवाइका लागि माघ ९ गतेको पेशी तोकिएको थियो ।
माघ ९ मा सर्वोच्चका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ तोकिए पनि सो दिन मुद्दा हेर्न नभ्याउनेमा परेको थियो । राष्ट्र बैंक ऐनअनुसार गभर्नर हुन अर्थशास्त्र, कानुन, वाणिज्य लगायतका विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्छ । तर, गभर्नर अधिकारी स्नातक मात्रै उत्तीर्ण छन् ।
सम्बन्धित समाचार :
कति हो गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता ?