गर्मीका कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा

सिधाकुरा

काठमाडाैँ । अत्याधिक गर्मी बढेपछि हलेसी तुवाचुङ नगरपालिकाका नौ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन गरिने भएको छ । दिउँसोको गर्मीका कारण विद्यार्थीलाई समस्या भएपछि नगर कार्यपालिकाको बैठकले कोशी किनारमा सञ्चालित नौवटा सामुदायिक विद्यालयमा बिहान ६ बजेदेखि ११ बजेसम्म पठनपाठन गर्ने/गराउने निर्णय गरेको हो ।

दूधकोशी र सुनकोशी किनारमा पर्ने वडा नं १, २, ४, ५, ८, ९ र १० को एक÷एकवटा तथा वडा नं ११ का दुईवटा विद्यालयको पठनपाठन समय परिवर्तन गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

“नौवटा विद्यालय कोशी किनारमा पर्छ । लामो समयको खडेरीका कारण गर्मी बढेसँगै ती विद्यालयहरुमा पठनपाठन प्रभावित भएको थियो”, उनले भनिन्, “गर्मीका कारण पठनपाठनमा समस्या भएको खण्डमा अन्य विद्यालयको समय पनि क्रमशः परिवर्तन गरिनेछ । गर्मी प्रभावित क्षेत्रका अन्य विद्यालयको समय परिवर्तन गर्ने अधिकार सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिलाई दिने बिहीबार बसेको नगर कार्यपालिका बैठकबाटै निर्णय गरेका छौँ ।”

नगर कार्यपालिकाको आकस्मिक बैठकले गरेको निर्णयअनुसार कोशी किनारका नौँवटा सामुदायिक विद्यालयमा आइतबारदेखि बिहानको समयमा कक्षा सञ्चालन गर्ने तयारी गरिएको विद्यालय प्रशासनले जनाएको छ । 

एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा ९० वटा समुदायिक र चारवटा संस्थागत विद्यालय सञ्चालनमा छन् । सामुदायिक र संस्थागत गरी ९४ वटा विद्यालय सञ्चालनमा रहेको हलेसी तुवाचुङ नगरपालिकामा छ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । 

नगरपालिका क्षेत्रभित्र पर्ने कोशी किनारको तापक्रम दिउँसोको समयमा ४० डिग्री सेल्सियसभन्दा बढी हुने गरेको नगरपालिकाले जनाएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा लामो समयको खडेरीका कारण अधिकांश क्षेत्रमा अहिलेसम्म खेतीपातीसमेत लगाइएको छैन । 

लेकाली क्षेत्रमा पर्ने अर्खौले, नवलपुर, राजापानीको माथिल्लो भागमा लगाइएको मकै, आलु लगायतका बालीसमेत खडेरीले सुकेको पाइएको छ । 

लामो समयको खडेरीका कारण खेतीपाती गर्न नपाउँदा हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश ठाउँमा बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरु चिन्तित बनेका छन् । अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका स्थानीय बासिन्दाहरु यस वर्ष समयमा पानी नपर्दा अर्को वर्ष भोकमरी हुनेमा चिन्तित बनेका हुन् । 

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सुक्खाग्रस्त क्षेत्र हलेसीमा तीन वर्षअघि पनि खडेरीले समस्या भएको थियो । तत्कालीन समयमा नगर प्रमुख इवन राईको नेतृत्वमा सञ्चालित नगरपालिकाले नगरवासीलाई राहतसमेत उपलब्ध गराएको थियो । 

सुक्खाग्रस्त क्षेत्र भएका कारण हिउँदको समयमा खेतीपातीको काम नहुँदा हलेसी नगरपालिकाका अधिकांश युवा ज्यालामजदुरी गर्न अन्यत्र जाने गरेका छन् । वर्षायाम शुरु भएपछि गाउँ फर्किएर खेतीपाती गर्दै आएका उनीहरु यस वर्ष अहिलेसम्म वर्षा नहुँदा आफ्नो गाउँ फर्किएका छैनन् ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||

  • सन्दीपले पाए सफाइ || SANDEEP LAMICHHANE || SIDHAKURA ||
  • नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङको धन्दा बालेन टिमले कसरी....
  • ...अनी हिरा थापाले घुस दिएको बिल मागिन् || SIDHAKURA ||
  • विश्वकपअघि अत्तालिएका सन्दीप, अदालतसँगको झिनो आश || Sandeep Lamichhane || SIDHAKURA ||
  • नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुवात र खुलासा (पीडितको पूरा बयान) || SIDHAKURA....
  • नक्कली भुटानी शरणार्थी पीडितको बयान : शरणार्थी बनाउन कांग्रेसकै सेटिङ थियो ||....
  • कतारका राजालाई विपिनका बाबु आमाको बिन्ती, ‘हाम्रो छोरा फर्काइदेउ’ || SIDHAKURA ||
  • बालेनले सजाएको महानगरको भित्ता || SIDHAKURA ||
  • पर्सामा मेयरकी श्रीमती, उपमेयरका श्रीमानदेखि तीन दर्जन बढी शिक्षक राजनीतिमा सक्रिय ||....
  • कोटिभिटी जोगाउन प्रधानमन्त्रीसमेतलाई झुटो ब्रिफिङ || SIDHAKURA ||
  • कोटिभिटी प्रकरण : निर्यातको विवरण नै फर्जी, कानुनको गलत ब्याख्या गराएर ढुकुटीबाट....
  • यसरी बनाउनुहोस् १ घण्टामै श्रम स्वीकृति || SIDHAKURA ||
  • बालेनमाथि कांग्रेसको घेराबन्दी : रोकियो दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स दिने कार्यक्रम -SIDHAKURA
  • धोबिखोला सिँगार्दै काठमाडौँ महानगर | Kathmandu Metropolis embellishing Dhobikhola area | SIDHAKURA....
  • ५ अर्ब १८ करोड राजश्व छल्नेको बचाउमा उत्रिएका वर्षमान पुन र गगन....
  • तस्करीविरुद्ध बोल्दा रिद्धि सिद्धि ज्वेलरीको व्यवसायिक हक खोसियो’ – नरेन्द्र कुमार गुप्ता
  • ५० को स्पिड क्रस ? होसियार ! तपाईलाई यी क्यामेराले खिचिरहेका छन्,....
  • किताब कसरी छापिन्छ ? || Process Of Book Making || SIDHAKURA ||
  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ? | Why does....
  • मिसन इलामः को होला सांसद ? || Mission Ilam: Who will be....
  • यसरी हुन्छ भिर मौरीको मह सिकार || THE THRILL OF MAD HONEY....
  • होलीको दिन ललितपुरको ढोलाहिटीमा जे भयो... || SIDHAKURA ||
  • मोदीलाई चुनौती बनेका केजरीवाल को हुन् ? के हो आरोप ? ||....
  • आमाको उद्धार कुवेतबाट बाँचेर आइन खगिसरा || SIDHAKURA ||
  • दुबइमा दुई तले बस चलाउने नेपाली चेली शान्ती || SIDHAKURA || The....

Current Affairs

म अवस्था परिवतर्न गर्न आएको हो....

  • म अवस्था परिवतर्न गर्न आएको हो : सुहाङ नेम्वाङ || SIDHAKURA ||
  • संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे || SIDHAKURA ||
  • Deleted video
  • कांग्रेसलाई आयोग चाहिएको हैन सरकार चाहिएको हो, त्यसैले अनेक तमासा गर्दैछ ||....
  • कांग्रेसका आफ्नै काण्ड खुल्ने डरले गृहमन्त्रीलाई बोल्न दिइएन – मनिष झा ||....
  • गृहमन्त्रीलाई बोल्न रोक्नु हुँदैन : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • देउवा, उनकी पत्नी आरजु र छोराको सम्पत्ति छानबिन नभएसम्म समिति बन्दैन ||....
  • रविले क्लिनचिट पाउने भएपछि कांग्रेसले षडयन्त्र रच्यो || Toshima Karki || SIDHAKURA....
  • सांसदमाथि आक्रमण गरेर कांग्रेसले दादागिरी मच्यायो || SIDHAKURA ||
  • हाम्रो अध्यक्षमाथी संसद्मै आक्रमण भयाे, कांग्रेस अलोकतान्त्रिक बन्याे || RAGHUJI PANT|| SIDHAKURA....
  • संसदमा लफडा, आक्रमणमै उत्रियो कांग्रेस || SIDHAKURA ||
  • गिरीबन्धु टी–स्टेटको जग्गा ओलीले बेचेका हुन्, कांग्रेसलाई दोष दिएछन् || SIDHAKURA ||
  • रविविरुद्ध खनिएका निकोलस रविसँगै माफी माग्न पुगेपछि... || Nicholous & Rabi ||....
  • नीति तथा कार्यक्रममा जनतामा आशा जगाउने धेरै कुराहरु आएका छन् : रवि....
  • विकट राक्सिराङको पीडा, दुई पटक म्याद थप्दा पनि पूरा भएन स्वास्थ्य चौकी....
  • राजतन्त्रको तुलनामा गणतन्त्रमा विकासले फड्को मारेको छः प्रधानमन्त्री प्रचण्ड || SIDHAKURA ||
  • हात पनि बाँध्दिने, बोल्न पनि नदिने मुख पनि थुन्दिने अनी किन डराएको....
  • दुर्गा प्रशाईको आलोचना गर्दा पूर्व डिएसपीलाई जुत्ताको माला || SIDHAKURA ||
  • सिप्रदी ट्रेडिङले काठमाडौँ महानगरलाई नयाँ भन्दै पुरानो टिपर बिक्री गर्ने गरेको खुलासा
  • अनलाइन सट्टेबाजीमा २ अर्ब बढीको कारोबार गर्ने एक जना पक्राउ || SIDHAKURA....
  • कांग्रेसले समिति हैन सरकार माग गरेको हो, जुन संभव छैन : महेश....
  • बङ्गलादेशमा एमबिबिएस पढ्नेहरुको लिस्ट कसरी गर्यो परिवर्तन ? || SIDHAKURA ||
  • नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली ||....
  • अस्थीरताका कारण विकास निर्माणको काममा अघि बढ्न सकेन : केपी ओली ||....
  • कांग्रेस सभामुखको भूमिकाप्रति असन्तुष्ट || SIDHAKURA ||